बेलायतको आप्रवासन प्रणालीमा आमूल परिवर्तन: प्रधानमन्त्रीद्वारा नयाँ योजना सार्वजनिक

  नेपाली सन्देश डट कम | २९ बैशाख २०८२, सोमबार ०८:००

प्रधानमन्त्री कीयर स्टार्मरले आज बेलायतको खुला सिमानाको असफल प्रयोगलाई अन्त्य गर्ने योजना सार्वजनिक गर्दै uncontrolled migration (अनियन्त्रित आप्रवासन) विरुद्ध कडा कदम चाल्ने घोषणा गरेका छन्। नयाँ योजनाअनुसार अब बेलायतमा बस्न आउनेले यहाँ बस्ने अधिकार कमाउनुपर्नेछ।

आज सोमबार, १२ मेमा सार्वजनिक गरिने आप्रवासन सेतो कागज (White Paper) अघिको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले बेलायतमा बस्न पाउनु अधिकार नभई एउटा ‘अधिकारित विशेषता’ (privilege) हो भन्ने स्पष्ट पार्दै आप्रवासन प्रणालीमा आमूल सुधार ल्याउने बताएका हुन्।

प्रमुख बुँदाहरू:

पाँच वर्षपछि स्थायी बसोबासको अधिकार अन्त्य: अबदेखि कुनै पनि आप्रवासीलाई पाँच वर्ष बसेपछि स्वचालित रूपमा स्थायी बसोबास वा नागरिकता दिइने छैन। स्थायी बसोबासको लागि न्यूनतम १० वर्ष बस्नुपर्नेछ।

योगदान गर्ने आप्रवासीलाई प्राथमिकता: अर्थतन्त्र र समाजमा उल्लेखनीय योगदान पुर्‍याउने (जस्तै: नर्स, डाक्टर, इञ्जिनियर, कृत्रिम बुद्धिमत्ता विज्ञहरू) व्यक्तिहरूलाई छिटो स्थायीत्वको प्रक्रिया उपलब्ध गराइनेछ।

अङ्ग्रेजी भाषा आवश्यकताको कडाइ: सबै आप्रवासन मार्गहरूमा अब अङ्ग्रेजी भाषा आवश्यकताको स्तर बढाइनेछ। अब वयस्क आश्रितहरूले पनि आधारभूत अङ्ग्रेजी बुझ्नसक्ने प्रमाण दिनुपर्नेछ।

ब्रिटिश श्रमिकको पक्षमा नीति: विदेशी सस्तो श्रममा निर्भरता घटाइनेछ र बेलायती श्रमिकहरूलाई प्राथमिकता दिइनेछ। आप्रवासन नीति र सीपबीच समन्वय गरिनेछ।

प्रधानमन्त्रीले बताएअनुसार, बेलायतको विगत दशकको आप्रवासन प्रणाली असन्तुलित भइसकेको छ र अब समय आएको छ ‘नयाँ सामान्य ज्ञानको दृष्टिकोण’ अपनाउने, जसले देशको आर्थिक वृद्धि र सामाजिक समावेशीकरणलाई सघाउ पुर्‍याउनेछ।

गृहसचिवले आज संसदमा पुरै सुधार कार्यक्रम सार्वजनिक गर्नेछन्। हालसम्मको कार्यकालमा अवैध रूपमा बसिरहेका २४,००० भन्दा बढी व्यक्तिहरूलाई फिर्ता पठाइएको छ, जुन पछिल्ला ८ वर्षमा सबैभन्दा उच्च दर हो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?