संवैधानिक आयोगको नियुक्तिमा आजदेखि पुनः सुनुवाइ प्रारम्भ

  नेपाली सन्देश डट कम | २८ बैशाख २०८२, आईतवार १५:२६

काठमाडौं । संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः सुनवाइ सुरू हुँदैछ ।

बिगत चार बर्षदेखि कुनै निर्णयमा नपुगी सर्वोच्च अदालतमा ‘पेन्डिङ’ मै बसेको उक्त मुद्दामा आजबाट पुनः सुरू हुन लागेको हो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७ साल मंसिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश जारी गरी ५२ जनालाई संबैधानिक निकायमा नियुक्त गरेका थिए, जसको बिरूद्दमा अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

गत माघदेखि भने संवैधानिक इजलासले ‘हेर्दाहेर्दै’मा राखेर सुनवाइ अघि बढाएको छ । यसअघि निरन्तर सुनुवाइ जारी रहेका बखतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत बेलायत भ्रमणमा गएका कारण स्थगन गरिएको थियो । अब उक्त रिटमाथि पुनः सुनुवाइ हुन लागेको हो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?