काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले डा. बद्री केसीको अध्यक्षतामा रहेको कार्यसमितिलाई नै आधिकारिक रहेको बताएका छन्।
शुक्रबार अध्यक्ष केसीको नेतृत्वमा भेटघाटका लागि पुगेको प्रतिनिधिमण्डलसँगको कुराकानीमा डा. महतोले संघभित्र सबै पक्षलाई समेटेर बृहत एकता अधिवेशन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले संस्थाभित्र साँचो एकता आवश्यक भएको उल्लेख गरे।
भेटमा अध्यक्ष डा. केसीले एनआरएनएको मूल मुद्धालाई ओझेलमा पर्न नदिन कन्क्लेभ आयोजना गर्न लागिएको जानकारी दिए। सो कन्क्लेभ कार्यक्रममा डा. महतो विशिष्ठ अतिथिको रूपमा सहभागी हुनेछन्। उक्त कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने र सरकारको सहकार्यमा सम्पन्न हुने बताइएको छ।
डा. महतोको निवासमा भेटका लागि गएको टोलीमा संघका उपाध्यक्ष रोशन थापा, सहकोषाध्यक्ष कृष्ण तिमल्सीना, सचिव राधिका गुरुङलगायत सहभागी थिए। डा महतोले पूर्व अध्यक्ष शेष घलेले बनाएको एकता अधिवेशन बहिस्कार गरेका थिए। सो अधिवेशनमा महेश श्रेष्ठले अध्यक्ष दावी गरेका थिए।
प्रतिक्रिया