ओली र प्रचण्डबीच भेटवार्ता : संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल

  नेपाली सन्देश डट कम | २१ बैशाख २०८२, आईतवार १८:२३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा विशेष भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, भेटमा संक्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दाहरू र समसामयिक राजनीतिक विषयहरूबारे गहन छलफल भएको हो। संक्रमणकालीन न्यायको विषयमा पछिल्लो समय राजनीतिक तहमा चासो बढिरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भेटमा प्रधानमन्त्री ओलीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए। स्रोतका अनुसार, संक्रमणकालीन न्याय प्रक्रियालाई अगाडि बढाउने विषयमा दुवै नेताबीच विचारविमर्श भएको बताइएको छ।

हालैका दिनहरूमा द्वन्द्वपीडित, मानव अधिकार संगठनहरू र अन्तर्राष्ट्रिय समुदायले पनि संक्रमणकालीन न्याय प्रक्रिया निष्पक्ष र विश्वसनीय रूपमा अगाडि बढाउन जोड दिँदै आएका छन्। यस्तो अवस्थामा ओली–प्रचण्डबीचको भेट राजनीतिक सन्देशका हिसाबले पनि महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?