आन्दोलन फिर्ता गर्ने निर्णय, सरकारसँग सहमति भएपछि शिक्षकहरू कार्यस्थल फर्किँदै”

  नेपाली सन्देश डट कम | १८ बैशाख २०८२, बिहीबार ०९:५६

काठमाडौं। करिब १ महिना लामो शिक्षकहरुको सडक आन्दोलन आजबाट फिर्ता भएको छ।

सरकारसँग ९ बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो। बुधबार शिक्षामन्त्री रघुजी पन्तसँग शिक्षक प्रतिनिधिहरुले सहमति गरेका थिए। तीनै सहमतिका विषय मन्त्रिपरिषद्बाट पारित भएका थिए। आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि आबाट नै विद्यार्थी भर्ना सुरु हुने उनले बताए।

सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि आन्दोलन फिर्ता भएको र आजबाट विद्यार्थी भर्ना सुरु हुने शिक्षामन्त्री रघुजी पन्तले बताए।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?