सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

  नेपाली सन्देश डट कम | १२ बैशाख २०८२, शुक्रबार २२:०७

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदलको बिषय हल्ला मात्र भएको बताएका छन् । बैंकक, थाइल्याण्डमा उपचार गरी आज स्वदेश फर्किएका कांग्रेस सभापति देउवाले सत्ता समीकरण फेरबदल हुने अनावश्यक हल्ला मात्रै भएको बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको बैठकमा देउवा फर्केपछि नयाँ समीकरणको लागि औपचारिक कुराकानी गर्ने जनाएको भोलीपल्ट देउवाले यस्तो धारणा राखेका हुन् ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?