नेपाल सरकार बिचौलियाको संरक्षणमा लागेको , माओवादी नेता वर्षमान पुनको आरोप

  नेपाली सन्देश डट कम | १२ बैशाख २०८२, शुक्रबार २०:२६

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार बिचौलियाको संरक्षणमा लागेको पुष्टि हुँदै गएको बताएका छन्। शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारको १० महिनाको कार्यकालमा बिचौलियासँगको साँठगाँठ र विपक्षी दलसँग प्रतिशोध साध्ने बाहेक अरू कुनै महत्वपूर्ण काम नगरेको आरोप लगाए।

पुनले नियामक निकायमा भएको नियुक्ति र राष्ट्र बैंकका गभर्नरको नियुक्तिका लागि गरिएको चलखेललाई स्पष्ट उदाहरणका रूपमा प्रस्तुत गर्दै भने, “यो दिनको घाम जति छर्लङ्ग छ।

सरकार गठन गर्दा संविधान संशोधनको प्रक्रिया सुरु गर्नुपर्ने थियो भने, सुशासनको आधारभूत मूल्यलाई खल्बलाउने काम भएको र १० महिनासम्म पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नगरेको दाबी गरे।

यस बीच, उनले जनतामा असन्तुष्टि बढिरहेको भन्दै प्रतिगामी तत्वहरूले यसबाट फाइदा उठाउने प्रयास गरेको चेतावनी दिए। आन्दोलनमा चिकित्सक, शिक्षक जस्ता विभिन्न क्षेत्रका मागहरू पूरा गर्न सरकारलाई तत्परता देखाउन पनि आग्रह गरे।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?