स्वदेशमै पर्याप्त उत्पादन गर्न सकिने वस्तुको समेत आयात बढ्दा चुलियो व्यापार घाटा, आयातमा पेट्रोललाई सोयाबिनले उछिन्यो
काठमाडौँ — निर्यात व्यापारमा सुधार देखिए पनि मुलुकको दैनिक व्यापार घाटा ४ अर्ब १५ करोड पुगेको छ । स्वदेशमै पर्याप्त उत्पादन गर्न सकिने वस्तुको समेत आयात बढ्दा व्यापार घाटा चुलिएको सरोकारवाला बताउँछन् ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्यांकअनुसार चालु आर्थिक वर्षको ९ महिनामा व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । यसअनुसार मासिक व्यापार घाटा १ खर्ब २४ अर्ब ५९ करोड छ । अर्थात् दिनको घाटा ४ अर्ब १५ करोड छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४५ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको पहिलो ९ महिनामा व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ थियो । दैनिक घाटा ३ अर्ब ९० करोड थियो । अहिले व्यापार घाटा धेरैले बढेको हो । यसको मुख्य कारण स्वदेशमै उत्पादन हुन सक्ने वस्तुमा पनि परनिर्भरता बढ्नु रहेको जानकारको भनाइ छ
प्रतिक्रिया