काठमाडौं । नायिका मनिषा कोइरालाले नयाँ वर्ष २०८२ को अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वराजकुमारी हिमानी शाह, विदुषि राणा र भवानी राणासँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन्। सार्वजनिक तस्बिरमा उनीहरूको आत्मीय भेटघाट र रमाइलो पल समेटिएको छ।
मनिषाले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै लेखेकी छिन्, “यस नयाँ वर्षले हामी सबैको जीवनमा उत्साह, ऊर्जा र शान्तिको प्रकाश ल्याओस्। परिवार र मित्रता अझ गहिरो बनोस् भन्ने शुभकामना।”
तस्बिर सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरू पनि आएका छन्। राजसंस्थासँग नजिकिँदै गएकी देखिएकी मनिषाले केही समयअघिमात्रै एक कार्यक्रममा राजसंस्था नेपालमा अनिवार्य रहेको धारणा सार्वजनिक रूपमा राखेकी थिइन्।
उनको पछिल्लो सक्रियता र राजपरिवारसँगको सम्बन्धले नेपाली राजनीति र समाजमा राजसंस्थाको भूमिकालाई लिएर पुनः बहस सुरु भएको देखिन्छ। हिमानी शाहसँगको भेटले पनि सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ।
तस्बिरमा हिमानी शाह र मनिषा कोइरालाको आत्मीयता प्रस्ट देखिन्छ, साथमा अन्य अतिथिहरू पनि औपचारिक तर आत्मीय मुद्रामा प्रस्तुत छन्।
प्रतिक्रिया