काठमाडौं । राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले आगामी वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने चेतावनी दिएका छन् ।
बुधवार काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनमार्फत चैत १५ गते भएको आन्दोलनको क्रममा पक्राउ परेकालाई बैशाख २१ सम्म रिहा गर्नु पर्ने सर्त सो समितिको रहेको छ ।
तीनकुने घटनापछि नजरबन्दमा रहेका समितिका अध्यक्ष नवराज सुबेदीसहित पक्राउ परेका राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालगायतलाई रिहा नगरे बैशाख २२ गते सामुहिक गिरफ्तारी दिने बताए ।
उनका अनुसार समितिले बैशाख २१ सम्म समय सिमा तोकेको छ ।
प्रतिक्रिया