शहर नदेखेका गाउँलेका ‘कलमली’ अब टेलिश्रृंखलामा

  नेपाली सन्देश डट कम | २४ चैत्र २०८१, आईतवार ०१:२६

डोल्पा — देशका दुर्गम क्षेत्रमा बसोबास गर्ने अधिकांश नागरिकका लागि शहर देख्ने कलमली(खुलदुली) मनमै थन्किएको सदियौं भयो ।

शहर कस्तो होला भनेर कल्पना मात्र गरेका नागरिकका कलमलीहरु अब टेलिश्रृंखलामार्फत् बाहिर आउने भएका छन् । डोल्पाका दुर्गम बस्ती, जहाँ कुनै सेवा सुविधाको पहुँच छैन, त्यस्ता ठाउँका नागरिकका कलमलीहरु माता त्रिपुरासुन्दरी मिडिया हब प्रालिको ब्यानरमार्फत बाहिर आउने भएक हुन् ।

टेलिश्रृंखलामार्फत् त्यस्ता कलमलीहरुलाई बाहिर ल्याउन डोल्पामा पहिलो पटक छायांकन सुरु भएको छ । शनिबार प्रसिद्ध शक्तिपिठ बाला त्रिपुरासुन्दरी मन्दिरबाट कलमलीको छायांकन सुरु गरिएको हो ।

कलमलीमा गाउँमा रहेका बुढापाखाहरुको शहरीया जीवनका बारेमा लागेका कलमलीहरु र भावहरुलाई भिडियोमार्फत् विश्वलाई देखाइने कथा लेखक तथा निर्देशक बसन्त उदासले बताए ।

यससँगै कलमलीमा जातीय छुवाछूत,महिला हिंसा र डोल्पाको धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावनालाई पनि समेट्ने उनको भनाइ छ । भिडियो छायांकन ओम प्रकाश अवस्थी र जहित बुढाले गर्नेछन् भने श्रृंगार पुजा गौतमले गर्नेछिन् ।

टेलिश्रृंखलाको निर्माता भने हरी पन्थी र रुपचन्द्र बुढाले संयुक्त रुपमा गर्नेछन् । लक्ष्मण देवकोटा, एन्जिला पन्थी, टेक शाही, रमिता खड्का, किस्मत शाही, निरुता केसी, लालिशा गुरुङ, विकेश बोहोरा र सम्राट केसी लगायतकफ अभिनय रहेनछ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?