मुम्बईलाई १२ रनले पराजित गर्दै लखनउको दोस्रो जीत

  नेपाली सन्देश डट कम | २३ चैत्र २०८१, शनिबार ०८:४३

काठमाडौं । लखनउले मुम्बईलाई १२ रनले पराजित गरेको छ ।
इन्डियन प्रिमियर लिग २०२५ को १६ औं खेल लखनउ सुपरजायन्ट्सले मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको एलएसजीले २० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाउन सफल भएको थियो भने २०४ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले ५ विकेट गुमाएर १९१ रनमा समेटिन विवश भएको थियो ।

पहिले ब्याटिङ गरेको लखनउले मिचेल मार्स र एडेन मार्करामको अर्धशतकको आधारमा २० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाएको हो ।

जवाफमा सूर्यकुमार यादवले पनि अर्धशतक प्रहार गरे पनि उनको प्रयास भने खेर गयो र मुम्बईले निर्धारित ओभरमा पाँच विकेट गुमाएर १९१ रन मात्रै बनाएर पराजय सामाना गर्न बिबश भयो ।
लखनउको यो दोस्रो जीत हो । 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?