काठमाडौं, मार्च १० । अनमिनको भूमिकाप्रति सरकारी शंका बढ्दै जाँदा संयूक्त राष्ट्रसंघका उपमहासचिव विलिन पास्को नेपाल भ्रमणमा आउनुभएको छ । आज दिउँसो नेपाल आउनुभएका पास्कोले साँझपख नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँग भेटवार्ता गर्नुभएको छ । कोइराला निवासमा भएको भेटवार्तामा विशेषत कोइरालाको स्वास्थ्यस्थितिका बारेमा पास्कोले जानकारी लिनुभयो ।
राजनीतिक मामलाका उपमहासचिव पास्कोले आफ्नो तीन दिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्ड लगायत शिर्ष नेताहरुसँग पनि भेटवार्ता गरी राजनीतिक वस्तुस्थितिबारे जानकारी लिनुहुने छ । साथै अनमिनको भूमिकाप्रति बढेको शंका हटाउन उहाँको महत्वपूर्ण भूमिका रहने बताइएको छ ।