काठमाडौं, मार्च १० । छातीको रोगबाट ग्रस्त हुनुभएका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन नेता तथा कार्यकर्ताहरुको निवास महाराजगञ्जमा भिड बढेको छ । कोइरालाको स्वास्थ्यस्थितिका बारेमा जानकारी लिन कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवा, संसदीय दलका नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतका नेताहरु महाराजगञ्जमा उपस्थित छन् ।
प्रधानमन्त्री माधवकुमार नेपाल पनि कोइराला निवासमा जाने कार्यक्रम रहेको छ । यसैबीच कोइरालाको स्वास्थ्य उपचारका लागि तत्काल भारत नलगिने भएको छ । यसअघि भारतको एपोलो हस्पिटलमा कोइरालालाई लैजाने तयारी भएको थियो । कोइरालालाई अहिले अक्सिजन दिएर राखिएको छ ।