काठमाडौं, मार्च ५ । नेपाली कांग्रेसका कार्यवहाक सभापति सुशिल कोइरालाले अनमिनले माओवादीको पक्षपोषण गरिरहेको आरोप लगाउनुभएको छ । नेपालगञ्जमा पत्रकारहरुसँग बोल्दै उहाँले अनमिनले माओवादी लडाकूहरु छाडा छोडेको आरोप लगाउनुभयो ।
अनमिनले तठस्त भूमिका निर्वाह गर्न नसकेको कोइरालाको टिप्पणी छ । देशमा असुरक्षा बढेको स्वीकार्दै कोइरालाले सरकारले विशेष सुरक्षा योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।