Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
डा.सुवेदी अब एनआरएन यूकेको संरक्षक
 

लण्डन/गैर आवासी नेपाली संघ यूकेले एनआरएन अन्तर्राष्ट्रिय समितिका सल्लाहकार प्रा.डा. सूर्य सुवेदीलाई आफ्नो संरक्षक बनाउने निर्णय गरेको छ । गैर आवासीय नेपालीहरुको हितका लागि लामो समयदेखि डा.सुवेदीले पुर्‍याउनु भएको योगदानलाई कदर गर्दै एनआरएन यूकेले उहाँलाई संरक्षक मान्ने निर्णय गरेको हो । फेब्रुअरी १३ मा रेडिङमा बसेको कार्यसमितिको चौथो बैठकले दोहोरो नागरिकताको व्यवस्थाको माग गर्न नेपाल गएको प्रतिनिधि मण्डललाई धन्यवाद दिएको छ । सो प्रतिनिधि मण्डलमा प्रा. डा. सूर्य सुवेदी, पूर्व अध्यक्ष रि.मे. डमर घले, उपाध्यक्ष कुल आचार्य र सदस्य केदार थपलिया सहभागी हुनुहुन्थ्यो । नेपालका राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, संविधानसभाका समितिका सभापति तथा सदस्यहरु, नागरिक समाज, कानुनविद र पत्रकारहरुसाग प्रतिनिधि मण्डलले दोहोरो नागरिकताको मागको औचित्यको बारेमा स्पष्ट पार्न सफल भएको निष्कर्ष निकाल्दै बैठकले प्रतिनिधि मण्डलको पहलले पूर्ण अधिकारसहितको दोहोरो नागरिकताको पक्षमा चालिएको अभियानलाई थप उचाईमा पुर्‍याउन मद्दत मिलेको मुल्यांकन गरेको छ ।

यसैगरी नेपाली नया वर्षको सन्दर्भमा एनआरएन यूकेले स्रष्टाहरुको सम्झना सााझ अपि्रल ११ तारिख रेडिङमा आयोजना गर्ने निर्णय समेत गरेको छ । 'नेपाली भाषा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नु नेपालीहरुको परम कर्तव्य हो' भन्दै एनआरएन यूकेले सो अवसरमा स्व. नारायण गोपाल, गोपाल योञ्जन, अरुणा लामा, तारादेवी, अरुण थापा, प्रविण गुरुङ्गलगायतका कलाकारहरुद्वारा स्वरबद्ध गीतहरुलाई गोर्खाव्याण्डको लाइभ सांगीतक धूनमा बेलायतमा रहेका राष्ट्रियस्तरका नेपाली कलाकारहरु बिवेक श्रेष्ठ, सर्मिला बर्देवा, सितु खरेल, दिपु गुरुङ्गलगायतका कलाकारहरुको स्वरमा कार्यक्रममा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

सांगीतिक कार्यक्रमलाई व्यवस्थित बनाउन एनआरएन यूकेले सुरेन्द्रप्रताप श्रेष्ठको संयोजकत्वमा विवेक श्रेष्ठ, थर्क सेन, यादव श्रेष्ठ, जिव वेलवासे, विनोद ज्ञवाली, कोपिला सुव्वा, पिपला देवान, रामकुमार गुरुङ्ग, धनसरी राई, मनिषा डंगोल, उमेश मोक्तान, विमला सुव्वा, कमल गुरुङ्ग र सुरेश बैद्य रहेको व्यवस्थापन समिति गठन गरेको छ । समितिको सल्लाहकारहरुमा रि.मे.डमर घले, खगेन्द्र नेपाली, महेश गुरुङ्ग, विश्व आदर्श पण्डित, शिवजी श्रेष्ठ, मोहन गुरुङ्ग र शेर सुनार रहनुभएको छ ।

यसैगरी बैठकले बेलायतमा रहेका नेपाली विद्यार्थीहरुलाई सहयोग गर्ने सबैलाई धन्यबाद दिादै बेलायत सरकारको परिवर्तित नीति र कलेजहरुको सस्पेन्सनमा भइरहेको बृद्धिसंगै नेपाली विद्यार्थीहरुको समस्याको दीर्घकालीन समाधान खोज्न नेपाली दूतावाससाग छलफल गरिने निर्णय गरेको छ । बैठकले विद्यार्थीहरुको समस्यालाई संयोजन गर्न थर्क सेनको संयोजकत्वमा केदार थपलिया र पवन खत्री रहेको तीन सदस्यीय समिति पनि गठन गरेको छ । रक्त क्यान्सर रोगको उपचारमा रहेका विद्यार्थी नविन परियारको उपचारार्थ एनआरएनको तर्फबाट समन्वय गरिरहनुभएका एनआरएनयूकेका सल्लाहकार डा.राघव धिताल र कार्यसमितिका सदस्य टुका स्याण्डवेललाई बैठकले धन्यवाद दिएको छ । बैठकले उहाको उपचारमा आवश्यक थप सहयोग जुटाउन डा.राघव धिताल, टुका स्याण्डवेल, डा. सम्पूणर्नन्द ढुंगाना, डा.अरुण झा र कुल आचार्य रहेको पााच सदस्यीय समिति गठन गरेकोछ ।

बैठकले एनआरएन यूकेको तर्फबाट नेपालको सुस्तामा रहेको जनता दलित प्राविको भौतिक निर्माणको लागि संकलन गरिएको सहयोग रकम पाँच लाख रुपैयाँ सोही विद्यालयमा गई विशाल जनसभाको आयोजना गरी हस्तान्तरण गर्नुभएका कार्यसमितिका उपाध्यक्ष कुल आचार्य र केदार थपलियालाई धन्यवाद दिएको छ । साथै, उक्त परियोजनाको अवधारणा तयार पारी सहयोग रकम संकलन गर्ने एनआरएन यूकेका पूर्व कार्यसमितिलाई पनि बैठकले धन्यबाद दिने निर्णय गरेको छ । बैठकले एनआरएन यूकेको कानुन तथा अनुसन्धान विभागले आयोजना गरेको कानुनी परामर्श कार्यक्रममा सहयोग पुर्‍याउनु भएकोमा एनएनएन यूकेका सल्लाहकार तथा सोलिसिटर राजु थापालगायत उहाँको टिमलाई धन्यबाद दिने निर्णय गरेको एनआरएन यूके राष्ट्रिय संयोजक भक्त गुरुङले जनाउनु भएको छ ।  संघका अध्यक्ष सूर्य गुरुङको अध्यक्षतामा बसेको बैठकमा एनआरएन अन्तर्राष्ट्रिय समितिका सल्लाहकार प्रा.डा. सूर्य सुवेदी, युरोपिएन को-अर्डिनेटर क्या. हितमान गुरुङ, आईसीसी सदस्यहरु विजय थापा, लक्ष्यबहादुर गुरुङ र डा. हेमराज शर्माको उपस्थिति थियो ।

अन्य शीर्षकहरु
कांग्रेस महाधिवेशनमा यूकेबाट सात जना प्रतिनिधि
बेलायतमा दोश्रो वृहत नेवाः भेला सम्पन्न
इलामको चिया लण्डनको प्रदर्शनीमा
सहारा यूकेको भेटघाट कार्यक्रम सम्पन्न
जीसीएसईमा ११ वोटा विषयमा 'ए स्टार'
कृष्ण जन्माष्टमी कार्यक्रम भव्यरुपमा सम्पन्न
तमु धीद्वारा नेपाली मेलाको समीक्षा
नेपाली जनप्रगतिशिल मंच नर्वेको प्रथम अधिबेशन सम्पन्न
खोटाङ सेवा समाजको दोस्रो वार्षिक भेला सम्पन्न
नेपाली मेला २०१० भव्यताकासाथ सम्पन्न
याक्थुङ चुम्लुङको आश्फोर्ड समिति
नेपाली मेलामा किराँत सुनुवार समाजको सहभागिता
नेप्लीज कम्युनिटि अक्सफोर्डसायरको कम्युनिटि डेभलपमेन्ट प्रोग्राम सम्पन्न
जीसीएससीको सबै विषयमा 'ए स्टार' वा 'ए'
लिम्बू भाषा पठन-पाठन सम्बन्धी पुरस्कार र वनभोज
टीएनजीसी नेपाली भाषा पाठशाला
शेर्पा संघ यूरोपद्वारा पाठ्यपुस्तकप्रति आपत्ति प्रकट
भारतीय हाई कमिशन अगाडि प्रदर्शनकासाथ प्रनेसको वाषिर्कोत्सव कार्यक्रम सम्पन्न
वनेम कल्याण संस्था यृ्केको भेटघाट कार्यक्रम सम्पन्न
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्पर्क कार्यसमिति बेलायतको पुनर्गठन
वागीश्वरी समाजको भेटघाटमा कवि विजयराज न्यौपाने
बेलायतमा किरात राईहरुको यलम्वर दिवस
लण्डन मेलामा घन्कियो नेपाली नौमती बाजा
घाचोक माछापुच्छ्रे सेवा समितिको भेटघाट कार्यक्रम
पीएनएस यूकेको छैंटौं वर्ष प्रवेशको कार्यक्रम
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly