Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
बेलायतस्थित भारतीय दूतावासमा विरोध प्रदर्शन
 

सुमन गैरे

लण्डन/प्रगतिशील नेपाली समाज बेलायतले नेपाली राष्ट्रिय स्वाधिनताको रक्षाको लागि भारतीय विस्तारवादका विरुद्ध सोमबार व्यापक जनप्रदर्शन गरी लण्डनस्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएको छ । टेरेसास्थित ट्राफलगर स्क्वायरमा मध्यान्हमा विभिन्न प्लेकार्ड र तुल ब्यानरसहित भेला भएका नेपालीहरु सीमा अतिक्रमण बन्द गर, अतिक्रमित भूभाग फिर्ता गर, भारतीय सेना नेपाली भूमि छोड्, राष्ट्रियताको निम्ति सम्पूर्ण राष्ट्रवादीहरु एकजुट होऔं लगायतका नारा लगाउदै भारतीय दूतावास पुगेका थिए । र्‍यालीमा सहभागीलाई प्रहरीले सुरक्षा दिएको थियो ।

प्रगतिशील नेपाली समाजका केन्द्रीय अध्यक्ष रणबहादुर केसी र समाजका संस्थापक अध्यक्ष कर्ण शाही, नविन सापकोटा, प्रेम गैरे, डा. बाल गोपाल श्रेष्ठ लगायतले भारतीय दूतावासका प्रतिनिधि अब्दुल मिसारमार्फत राजदूतलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाइसकेपछिको सभामा बोल्दै संयूक्त नेपाली मोर्चा यूरोपका अध्यक्ष नविन सापकोटाले भारतले विभिन्न बहानामा नेपालको शान्ति प्रक्रिया भङ्ग गर्न खोजेको बताउनु भयो । दक्षिण एसियाबाट बृटिशहरुलाई खेदाइए पनि भारतीय सत्तापक्षमा औपनिवेशिकको मानसिकता कायमै रहेको अध्यक्ष सापकोटाको टिप्पणी थियो । समाजका अध्यक्ष रणबहादुर केसीले भारतीय सरकारले अनावश्यक रुपमा हस्तक्षेप गरेको भन्दै राष्ट्रियताको निम्ति राष्ट्रिय झण्डा उच्च राख्नुपर्ने बताउनु भयो । समाजका संस्थापक अध्यक्ष कर्ण शाहीले राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि जहाा भएपनि नेपालीहरु एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नु भयो । त्यसैगरी वामबुद्धिजिवी प्रा. हरि पावल, डा. बालगोपाल श्रेष्ठ, बृटिश कम्युनिष्ट पार्टीका सावा, श्रीलङ्का साउथ एशियन फोरमका नेता मनसुरलगायतले सन् १९५० का सन्धि सम्झौता विरुद्ध र भारतीयपक्षबाट भएको राजनीतिक, सामाजिक तथा आर्थिक हस्तक्षेपका विरुद्ध राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ! नेपाल, श्रीलंका, भारत, वंगलादेशलगायतका दक्षिण एसियाली मुलुक र इरान तथा टर्कीका नागरिकहरुको समेत सहभागिता रहेको कार्यक्रममा झण्डै एक दर्जन एकीकृत नेकपा (माओवादी) निकट भाइचारा संगठनहरुको समेत सहभागिता रहेको थियो ।  कार्यक्रम स्थलमा आउन र जानको लागि श्याम शेरचन, विनोद ज्ञवाली, महेन्द्र काडेल, तोयानाथ रिजाल लगायतले प्लमस्टेड, चाल्र्टन, उलविच र न्यूक्रसबाट बसको व्यवस्थापन गर्नु भएको थियो ।

अन्य शीर्षकहरु
कांग्रेस महाधिवेशनमा यूकेबाट सात जना प्रतिनिधि
बेलायतमा दोश्रो वृहत नेवाः भेला सम्पन्न
इलामको चिया लण्डनको प्रदर्शनीमा
सहारा यूकेको भेटघाट कार्यक्रम सम्पन्न
जीसीएसईमा ११ वोटा विषयमा 'ए स्टार'
कृष्ण जन्माष्टमी कार्यक्रम भव्यरुपमा सम्पन्न
तमु धीद्वारा नेपाली मेलाको समीक्षा
नेपाली जनप्रगतिशिल मंच नर्वेको प्रथम अधिबेशन सम्पन्न
खोटाङ सेवा समाजको दोस्रो वार्षिक भेला सम्पन्न
नेपाली मेला २०१० भव्यताकासाथ सम्पन्न
याक्थुङ चुम्लुङको आश्फोर्ड समिति
नेपाली मेलामा किराँत सुनुवार समाजको सहभागिता
नेप्लीज कम्युनिटि अक्सफोर्डसायरको कम्युनिटि डेभलपमेन्ट प्रोग्राम सम्पन्न
जीसीएससीको सबै विषयमा 'ए स्टार' वा 'ए'
लिम्बू भाषा पठन-पाठन सम्बन्धी पुरस्कार र वनभोज
टीएनजीसी नेपाली भाषा पाठशाला
शेर्पा संघ यूरोपद्वारा पाठ्यपुस्तकप्रति आपत्ति प्रकट
भारतीय हाई कमिशन अगाडि प्रदर्शनकासाथ प्रनेसको वाषिर्कोत्सव कार्यक्रम सम्पन्न
वनेम कल्याण संस्था यृ्केको भेटघाट कार्यक्रम सम्पन्न
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्पर्क कार्यसमिति बेलायतको पुनर्गठन
वागीश्वरी समाजको भेटघाटमा कवि विजयराज न्यौपाने
बेलायतमा किरात राईहरुको यलम्वर दिवस
लण्डन मेलामा घन्कियो नेपाली नौमती बाजा
घाचोक माछापुच्छ्रे सेवा समितिको भेटघाट कार्यक्रम
पीएनएस यूकेको छैंटौं वर्ष प्रवेशको कार्यक्रम
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly