Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
सुगम संगीतको खोजिमा बुलु मुकारुङ
 

२६ वर्ष भयो । उनी हरेक विहान गीत गुन्गुनाउँदै रेडियो नेपाल जान्छन् र गीत गुन्गुनाउँदै र्फकने गर्दछन् । विगत ३ दशक भन्दा बढी समयदेखि संगीत यात्रामा निरन्तर लागेका यी स्रष्टा हुन् - बुलु मुकारुङ ।

उनी आफूलाई राई र वान्तवा भाषी भन्छन् । नेपाली गीत संगीत क्षेत्रमा एक हजार भन्दा बढी गीतमा उनका सुगम संगीतहरु सुन्न सकिन्छ । बुलु मुकारुङको जन्म कोशी अञ्चलको भोजपुर जिल्ला अन्नपूर्ण गाविसमा वि.सं. २०१६ साल पौष २२ गते भएको हो । आमाको मायामा हुर्केका उनले आफ्ना बुवाको भने माया पाउन सकेनन् । मुकारुङ ४ वर्षको हुँदा नै उनका बुवाको मृत्यू भएको थियो ।

बाल्यकाल देखिनै गीत संगीतलाई माया गर्न थालेका उनले अध्ययनसँगै संगीत यात्रालाई अघि बढाए । परिवारमा कोही पनि सांंगीतक क्षेत्रमा नभएको बताउने मुकारुङ आफूले कडा संघर्ष गरेर यो क्षेत्रमा स्थापित भएको उल्लेख गर्छन् । मुकारुङ स्कूलमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा जहिले पनि नाच्न र गाउनमा हुरुक्क हुन्थे । त्यसैले होला त्रिचन्द्र कलेजबाट फिजिक्स विषय लिएर आए.एस.सी पास गर्ने वित्तिकै रेडियो नेपालमा जागिरे जीवन सुरु गरेपछि विभिन्न गीतहरुमा संगीत दिन थाले उनले ।

नेपाली कलाकारिता क्षेत्रमा लाग्ने व्यक्तिहरु कम नै पढेका हुन्छन् । तर त्यही यात्रामा लाग्ने केही मानिसले शिक्षालाई पनि राम्ररी नै अघि बढाएका छन् । यही सिमित व्यक्तिमा पर्छन् मुकारुङ पनि । पढ्न भनेर राजधानी आएपछि पढाई र संगीतको यात्रालाई सँगसँगै लिएर हिँडेका उनी त्रिचन्द्र कलेजबाट आइ.एस.सी उत्तिर्ण गरेपछि बी.ए. र एम्.ए. भने कल्चरमा गर्न पुगे । त्यसो त ललितकलाबाट म्यूजिकमा स्नातकोत्तरको अध्ययन समेत पुरा गरेका छन् उनले ।

हरबखत संगीतमा व्यस्त रहने उनी संगीतका अतिरिक्त साहित्य र गायनमा पनि अगाडि छन् । मुकारुङका 'माया तिमीलाई केही भन्न मन लाग्छ...., 'इलामे शहर चियावारी राम्रो, त्यही पर्‍यो घर हाम्रो..., 'मिर्मिरेमा तिमीलाई भेट्न मन लाग्छ ...,जस्ता दर्जनौ गीतहरु निकै लोकपि्रय बनेका छन् ।

गीतसँग भावना हुनुपर्छ भन्ने धारणा राख्ने मुकारुङ नेपाली शैली र जीवनमा आधारित गीतहरुमा संगीत दिन मन पराउँछन् । पछिल्लो समयमा गीत संगीतको स्तर खस्कदै गएको बताउने उनी गुणस्तरीय गीतको खोजीमा जुटेका छन् ।

गीत संगीतकै माध्यमबाट विभिन्न देशहरुको भ्रमण गरेका उनले नेपाल र नेपालीको मायाकै कारण विदेशमा बसोबास गर्न मन पराएनन् । त्यसैले त उनी नेपाल र नेपालीका लागि निरन्तर संगीत यात्रामा लागिरहने इच्छा ब्यक्त गर्दछन् । पछिल्लो समयमा कलाकारहरु विदेशमा गएपछि नर्फकने र विदेश पलायन हुने क्रम बढेको छ । यसबारेमा मुकारुङ आर्थिक प्रलोभनले कलाकारलाई बिदेश पलायन गराएको बताउँछन् । -'अहिलेका कलाकारहरुलाई पुँजीवादले छोएको छ, छिट्टै धनी बनुँ भनेर उनीहरु विदेश गएका हुन् ।' संगीतकार मुकारुङले हामीसागको भेटमा भने -'एउटा दुइटा एल्वम निकालेर कलाकारको नाममा भिसा लिएर गलत ढंगले विदेश जानेहरु बढेका छन् ।' सुगम संगीत नै अजर हुन्छ भन्ने मुकारुङले आधुनिक गीतमा सवैभन्दा बढी संगीत दिएका छन् । पछिल्लो समयमा आधुनिक गीतको व्यवसाय घटेको छ । तर पनि आधुनिक गीतले जीवन्तता प्रदान गर्ने भएकाले व्यवसायीक र व्यापारिक कुरालाई छोडेर आफू आधुनिक गीतमै लागीपरेको उनको भनाई छ । अहिलेको समयमा व्यवसायीक र व्यापारिक गीतहरुले बढी चर्चा पाउने गरे पनि आफू त्यस्ता क्षणिक गीतको पछि नलाग्ने मुकारुङको भनाई छ ।

२०४१ देखि २०५१ सालसम्म एकदमै राम्रो विकास भएको आधुनिक गीतको बजार अहिले निकै खस्कँदै गएको उनको ठहर छ । अहिलेका गीतहरु गुणमा कमजोर र संख्यात्मक रुपमा बढी भएको बताउने उनी पुराना शैलीका गीतलाई जीवन्त बनाउन चाहन्छन् ।

अन्य शीर्षकहरु
पुराना गीतको संरक्षण गर्दै अम्मर गुरुङ
सुगम संगीतको खोजिमा बुलु मुकारुङ
माया प्रेमका शब्द पच्छ्याउँदै रामकुमार राई
निरन्तर यात्रा सम्हाल्दै तिलकबम मल्ल
कुनै व्यवधानबाट रोकिएनन् कृष्णभक्त राई
चलचित्रको स्तर खोज्दै मरहठ्ठा
सुगम संगीतको बाटोमा रामकृष्णको यात्रा
क. सिम्दिमा -रक्ष राई
सदाबहार..किशोर गुरुङ
क्यानभासबाट इतिहास रच्दै
देशको लागि समर्पित यात्रा
रेडिङ नेपाली समाज र अध्यक्ष अर्जुन बस्नेत - प्रकाश शर्मा
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly